दफा
अनुमतिपत्र दिनुपर्ने
(१) दफा ४ बमोजिम निवेदन पर्न आएमा बैङ्कले सो निवेदन उपर आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्र्दा थप जानकारी वा विवरण लिन आवश्यक देखेमा त्यस्तो निवेदन दिने संस्थासँग थप जानकारी वा विवरण माग गर्न सक्नेछ । (२)  उपदफा (१) बमोजिम जाँचबुझ गर्र्दा बैङ्कले अनुमतिपत्र दिन उपयुक्त देखेमा तोकिएको दस्तुर लिई निवेदकलाई वित्तीय मध्यस्थताकोे काम गर्न तोकिएको ढाँचामा अनुमतिपत्र दिनुपर्नेछ । (३) उपदफा (२) बमोजिम अनुमतिपत्र दिँदा वा अस्वीकृत भएको जानकारी दिँदा निवेदन प्राप्त भएको मितिले वा उपदफा (१) बमोजिम थप जानकारी वा विवरण माग गरिएकोमा त्यस्तो जानकारी वा विवरण प्राप्त भएको मितिले ड्डबढीमा पचहत्तर दिनभित्र दिनुपर्नेछ । (४)  …………………